Kathmandu Press

विराटनगरमा प्रदेशसभा हल ६० प्रतिशत बन्यो

विराटनगर, फागुन २४ : प्रदेश १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन सुरु हुनुअगावै निर्माण सम्पन्न हुने प्रदेशसभा...
विराटनगरमा प्रदेशसभा हल ६० प्रतिशत बन्यो
Hardik ivfHardik ivf

विराटनगर, फागुन २४ : प्रदेश १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन सुरु हुनुअगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको छ।
    
सातौँ तथा हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले २ करोड ५१ लाख ८१ हजार ९ सय ७६ मा ठेक्कामा लिएको भवन २०७७ असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थिए।
     
कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि भवनको नक्सा र स्वरुपमा भएको परिवर्तनले केही ढिलाइ भएको बताइएको छ ।

नयाँ सभाहल करिब ३ सय मानिस अट्नेछ । सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि साविक जिल्ला विकास समति मोरङको सभा हलमा सञ्चालन भएको प्रदेशसभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताए। 

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्