Kathmandu Press

नारी दिवसमा र्‍याली (फोटो फिचर)

काठमाडौंमा बिहान १० बजे माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेर समापन भएको थियो । प्रतिष्ठानमा नारीवादी एकल नाटक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
नारी दिवसमा र्‍याली (फोटो फिचर)
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २४ : १११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित र्‍यालीका सहभागी । यस वर्षको नारी दिवसको नारा ‘महिला नेतृत्वः कोभिड–१९ सँगै समान भविष्यको प्राप्ति’ छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ दिवस मनाइँदैछ ।

काठमाडौंमा बिहान १० बजे माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेर समापन भएको थियो । प्रतिष्ठानमा नारीवादी एकल नाटक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो प्रमुख अतिथि छन् । कार्यक्रमको आयोजना प्रधानमन्त्री केपी ओली नेतृत्वको सत्तारुढ दलको भातृ संगठन अनेरास्ववियुले गरेको हो ।

र्‍यालीका सहभागीले ‘महिलाको कामको सम्मानः देशको निर्माण’, ‘वुमन राइट्स आर हुमन राइट्स’, ‘स्टप रेप’, ‘महिला रोकिए संसार रोकिन्छ’लगायत लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

का

प्रकाशित मिति: ११:०० बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्