Kathmandu Press

क्लासिक टेकको १०१औं आउटलेट नेपालगञ्जमा स्थापना

काठमाडौं, फागुन २३ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले १०१औं आउटलेट लुम्बिनी प्रदेशको नेपालगन्जमा स्थापना गरेको छ।कम्पनीले लुम्बिनी प्रदेशका ग्राहकलाई प्रत्यक्ष...
क्लासिक टेकको १०१औं आउटलेट नेपालगञ्जमा स्थापना

काठमाडौं, फागुन २३ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले १०१औं आउटलेट लुम्बिनी प्रदेशको नेपालगन्जमा स्थापना गरेको छ।

कम्पनीले लुम्बिनी प्रदेशका ग्राहकलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपालगन्जमा नयाँ आउटलेट स्थापना गरेको जनाएको छ। क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगन्ज आउटलेट उद्घाटन गरेका छन्। आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट, फैबर स्टाफ र मार्केटिङ गरेर ४५ जना कर्मचारी रहेका छन्।

नयाँ आउटलेटबाट कम्पनीले नेपालगन्जका सबै ठाउँमा सेवा विस्तार गर्ने योजना लिएको छ। यसअघि नै नेपालगन्ज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीका लागि समेत सेवा उपलब्ध हुनेछ। कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगन्जको लागि पनि उपलब्ध गराएको छ।

आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर अधिकारीले नयाँ शाखा संचालनमा आएसँगै नेपालगद्दजका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए। कम्पनीले धमाकेदार अफरअन्तर्गत २० एमबिपिएस स्पीडको इन्टरनेट प्रतिमहिना ७९९ रुपैयाँमा उपलब्ध गराउने उनले बताए। यसँसगै १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्