Kathmandu Press

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं, फागुन २३ : स्थानीय बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले बढेको छ । 

आइतबार छापावाला सुन तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै उकालो लागेको छ । तोलामा ८५ हजार १५० रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आइतबारका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० रुपैयाँमा कारोवार हुनेछ । 
 

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्