Kathmandu Press

लेस्टर दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध २–१को पुनरागमन जित निकाल्दै लेस्टर सिटी अंक तालिकाको दोस्रो...
लेस्टर दोस्रो स्थानमा उक्लियो
Hardik ivfHardik ivf

काठमाडाैं, फागुन २३ : इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध २–१को पुनरागमन जित निकाल्दै लेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरले ब्राइटनकै मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।

एडम लालानाले १०औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्रायटनलाई पहिले अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा केलेलची इहनाचोले लेस्टरका लागि बराबरी गोल फर्काए । खेल सकिन ३ मिनेट बाँकी छँदा डानिएल अमार्टेले गोल गर्दै लेस्टरलाई जित दिलाए ।

जितपछि २८ खेलबाट ५३ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको हो । ब्राइटन २७ खेलबाट २६ अंकसहित १६औं स्थानमा छ । २७ खेलबाट ५१ अंक रहेक म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ । २७ खेलबाट ६५ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत नै शनिबार राति नै भएका अन्य खेलमा एस्टन भिल्ला र वुल्भ्सले गोलरहित बराबरी खेलेका छन् भने साथउह्याम्पटनले पुछारको सेफिल्ड युनाइटेडलाई २–०ले हरायो।

प्रकाशित मिति: १०:२६ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्