Kathmandu Press

काठमाडौं मेयर्स कप : आर्मीविरुद्ध एपिएफ १ विकेटले विजयी

काठमाडौं, फागुन २२ : पुछारका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि शनिबारबाट सुरु भएको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपिएफले विजयी सुरुवात गरेको छ...
काठमाडौं मेयर्स कप : आर्मीविरुद्ध एपिएफ १ विकेटले विजयी
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २२ : पुछारका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि शनिबारबाट सुरु भएको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपिएफले विजयी सुरुवात गरेको छ । शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पुछारका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि एपिएफले त्रिभुवन आर्मी क्लबमाथि १ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै आर्मीले दिएको २३६ रनको लक्ष्य एपिएफले २ बल बाँकी छँदा ९ विकेट गुमाउँदै भेट्टायो । योसँगै एपिएफले प्रधानमन्त्री कपको फाइलनमा भोगेको हारको बदला पनि लियो।

एपिएफको जितमा सुमिज महर्जन, बसन्त रेग्मी र अमरसिंह रौटेलाले उत्कृष्ट ब्याटिङ गरे । सुमितले ७८ बलमा ८ चौका प्रहार गर्दै सर्वाधिक ६० रन बनाए । यस्तै, बसन्तले ७९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४९ रन बनाउँदा आक्रामक ब्याटिङक गरेका अमरसिंहले ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३८४ रन बानए ।

यस्तै, शंकर रानाले ४३ बलमा ३३ रन बनाउँदा सुवास खकुरेल ४ र कप्तान शरद भेषावरक शुन्य रनमै आउट भएका थिए । आर्मीका विक्रम सोबले ३ र करण केसीले २ विकेट लिए।

यसअघि रोहित पौडेलले अर्धशतक बनाएपछि पहिला ब्याटिङ आर्मीले इनिङको अन्तिम बलमा आउट हुँदै २३५ रन बाएको थियो। आर्मीका लागि रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले । उनले ७८ बलमा ३ चौका प्रहार गरे । यस्तै, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३० र सोमपाल कामीले २८ रनको योगदान दिए ।

एपिएफका अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । उनले अन्तिम ओभरमा करण केसी, सुशन भारी र बिक्रम शोबलाई पभेलियन फर्काएका थिए । यस्तै, अमरसिंह रौटेला र भुवन कार्कीले समान २ विकेट लिए।

 

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्