Kathmandu Press

चौथो टेस्टमा इनिङ र २५ रनको जितसँगै भारतले जित्यो सिरिज

काठमाडाैं, फागुन २१ : इंग्ल्यान्डविरुद्ध चौथो टेस्टमा भारतले एक इनिङ र २५ रनको सानदार जित निकालेको छ। अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा स्पिनरद्वय अक्षर...
चौथो टेस्टमा इनिङ र २५ रनको जितसँगै भारतले जित्यो सिरिज

काठमाडाैं, फागुन २१ : इंग्ल्यान्डविरुद्ध चौथो टेस्टमा भारतले एक इनिङ र २५ रनको सानदार जित निकालेको छ। अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा स्पिनरद्वय अक्षर पटेल र रविचन्द्रन आविश्नको उत्कृष्ट प्रदर्शन मद्दतमा भारतले इनिङले सानदार जित निकालेको हो।

चौथो टेस्टमा जित निकालेसँगै भारतले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज ३–१ले जितेको छ। पहिलो टेस्ट इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो। त्यसपछिका तीन टेस्ट लगातार जित्दै भारतले सिरिज जितेको हो। भारत दोस्रो टेस्टमा ३१७ र तेस्रो टेस्टमा १० विकेटले विजयी भएको थियो।

दोस्रो इनिङमा इंग्ल्यान्डलाई १३५ रनमा अलआउट गर्दै भारतले सानदार जित निकालेको हो । इंग्ल्यान्डका लागि डान लउरेन्सले सर्वाधिक ५० रन बनाए भने कप्तान जो रुटले ३० रन बनाए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अक्षर पटेल र रविचन्द्र आविश्वनले समान ५ विकेट लिए ।

यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड २०५ रनमै अलआउट भएको थियो । उसका लागि अलराउन्डर बेन स्टोक्सले ५५ रन बनाउँदा डम लउरेन्सले ४६ रन बनाए । यस्तै, ओलिइ पोपले २९ र जोनी बेइस्टोले २८ रनको योगदान दिए। इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका अक्षर पटेलले २६ ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए भने आश्विनले १९.५ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यस्तै, मोहम्मद सिराजले २ तथा वासिङ्टन सुन्दरले १ विकेट लिए।

भारतले पहिलो इनिङमा ३६५ रन बनाएको थियो । उसका लागि ऋषव पन्तले शतक र वासिङ्टन सुन्दरले अर्धशतकीय योगदान दिए । ऋषवले ११८ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै १०१ रन बनाए। ऋषवले रोहितसँग ४१ र सुन्दरसँग ११३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यस्तै सुन्दुरले ९६ रनको योदान दिए । उनले १७४ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे। सुन्दरले अक्षर पटेलसँग १०६ रनको महत्वपूर्ण साझेदारी गरे। अक्षरले ९७ बलमा ४३ रन बनाए भने रोहित शर्माले ११४ बलमा ४९ रन बनाए । इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिए भने जेम्स एन्डरसनले ३ विकेट लिए।

शतक बनाएका ऋषव पन्त प्लेयर अफ दी म्याच बने भने रविचन्द्रन आविश्वन प्लेयर अफ दी सिरिज बने। आविश्नले सिरिजमा १ शतकसहित १८९ रन बनाउनुका साथै ३२ विकेट पनि लिएका थिए।

 

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्