Kathmandu Press

साताको अन्तिम दिनमा खरिदकर्ताको चाप,प्राविधिक विश्लेषणले के भन्छ ?

यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो। यो साताको सुरुवातदेखि घट्दो प्रवृत्तिमा रहेको बजार अन्तिम दिनमा अघिल्लो दिनभन्दा ९० दशमलव ६७ अंकले वृद्धि भएको छ।
साताको अन्तिम दिनमा खरिदकर्ताको चाप,प्राविधिक विश्लेषणले के भन्छ ?

काठमाडौं, फागुन २२ ः यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो। यो साताको सुरुवातदेखि घट्दो प्रवृत्तिमा रहेको बजार अन्तिम दिनमा अघिल्लो दिनभन्दा ९० दशमलव ६७ अंकले वृद्धि भएको छ। यो ३ दशमलव ७५ प्रतिशतको वृद्धि हो।

अघिल्लो सातासंग तुलनागर्दा यो साता नेप्से परिसूचकमा ४७ दशमलव ४६अंंकको अर्थात १ दशमलव ८६ प्रतिशतको गिरावट रहेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २५५४ दशमलव १३को विन्दुमा बन्द भएकोमा यो सातासम्मआउँदा नेप्से परिसूचक २५०६दशमलव ६८को विन्दुमा बन्द भएको छ। 

यो साता ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक वृद्धि रहेको छ। साल्ट ट्रेडिङ्ग कर्पोरेसनमा यो साता ३४ दशमलव ३४ प्रतिशतको शेयर मुल्य वृद्धि भएवापत यो समूहमा ३१ दशमलव ४९ प्रतिशतको वृद्धि देखिएको छ। दोश्रो स्थानमा होटल समूह जुन अहिले नाम परिवर्तन भई “होटल एण्ड टुरिजम” उपसूचक रहेको छ। यो उपसूचकमा ८ दशमलव ९६ प्रतिशतको वृद्धि रहेको छ। यो सातादेखि चन्द्रागिरी हिल्स लिमिटेड पनि यो समूहमा समावेश गरिएको र चन्द्रागिरी हिल्स लिमिटेडमा पनि शेयर मुल्य बढेकोले यो उपसूचकमापनि वृद्धि देखिएको छ। सर्वाधिक गिरावट रहने माम्यूचल फण्ड र जिवन बिमा उपसूचकहरु रहेको छ। यिनीहरुमा क्रमशः ३ दशमलव ८५ र ३ दशमलव ७८ प्रतिशतको गिरावट रहेको छ। 

यो सातादेखि “इन्भेष्टमेन्ट” उपसूचक पनि समावेश गरिएको छ। यो समूहमा नागरिक लगानी कोष, एच.आई.डि.सि.एल, एन.आर.एन र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ।

साताको प्राविधिकविश्लेषण

खुल्लाबिन्दुः २५५७.७९ । उच्चबिन्दुः२५६१.८९ । न्यूनबिन्दुः२३९१.४० । अन्तिमबिन्दुः२५०६.६८

प्रतिरोध २ः २६२५ ।प्रतिरोध १ः २६३१ । टेवा १ः २३९० । टेवा २ः २३५०

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्तीप्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती विश्लेषणअनुसार बजार माथिल्लो गतिशील प्रतिरोध क्षेत्रभन्दामाथि स्थिर रहन सकेको छ। त्यस्तै गरि साप्ताहिक मैनबत्तीले “बुलिस मारुबोजु”आकृति बनाएको छ। यसले बजार सकारात्मक हुन सक्ने संकेत गरे पनिअर्को कारोबार दिनहरुको मैनबत्तीहरुबाट पुष्टि गर्दा बजारबाट हुन सक्ने जोखिम कम गर्न सकिन्छ। 

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसले बजारको २४४० को टेवा क्षेत्रलाई निश्चित रुपमा तोड्न असफल रहेको देखिए पनि चित्र नं. ३ मा देखिएबमोजिम हालसम्म बजारको छोटो समायावधिमा उच्च बिन्दुहरु घट्दो प्रवृत्तिमा रहेको रबजार हालसम्म“पुलब्याक”अवस्थामामात्र रहेको देखिएकोले लगानीकर्ताहरु अझै पनि सतर्क हुनु पर्ने देखिन्छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

समग्रमाहेर्दा, यो साता,नेप्सेमाकेहि गिरावट आएपनियदिबजार हाल २५३५ भन्दामाथि स्थिर रहन सके बजार सकारात्मक हुन सक्ने प्रारम्भिक संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध २५६२ को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार २५३५ भन्दामाथि स्थिर रहनन सके बजार पुन केहि सच्चिन सक्ने सम्भावना रहन्छ र तत्कालिन टेवा २४०० को मनोवैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, फागुन २२, २०७७
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्