Kathmandu Press

 बम बिस्फोटमा परि अफगानी महिला डाक्टरको मृत्यु 

अफगानिस्तान, फागुन २१ : पूर्वी अफगानिस्तानको जलालाबादमा बम बिष्फोट हुदाँ एक महिला डाक्टरको मृत्यु भएको छ । डाक्टर सवार गाडिमा चुम्बकीय बम विस्फोट भएको थियो...
 बम बिस्फोटमा परि अफगानी महिला डाक्टरको मृत्यु 
Hardik ivfHardik ivf

अफगानिस्तान, फागुन २१ : पूर्वी अफगानिस्तानको जलालाबादमा बम बिष्फोट हुदाँ एक महिला डाक्टरको मृत्यु भएको छ । 

डाक्टर सवार गाडिमा चुम्बकीय बम विस्फोट भएको थियो । बिहिबार नानगार प्रान्तीय अस्पतालको प्रसूति वार्डमा जाँदै गर्दा बम विस्फोट भएको जनाइएको छ । सो विस्फोटमा एक बलक पनि घाइते भएका छन् ।

यसैगरी सोही स्थानमा बिहिबार राती नै बन्दुकधारि समुहले अन्धाधुन्धा गोली चलाउँदा सात जना मारिएका छन् । 

मारिनेमा सोरख रोड जिल्लाको प्लास्टर कारखानामा काम गर्ने मजदुरहरु रहेको नानगरको प्रान्तीय पुलिस प्रमुख जुमा गुल हेमातले बताए । 

घटनामा संग्लन रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 


 

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्