Kathmandu Press

राणा दग्गुबातीको  'हाथी मेरे साथी’को ट्रेलर सार्वनजिक

काठमाडौं, फागुन २१ : दक्षिण भारतीय अभिनेता राणा दग्गुबाती अभिनित चलचित्र ‘हाथी मेरे साथी’ काे ट्रेलर सार्वनजिक भएको छ। तीन मिनेटको उक्त ट्रेलरमा जंगली...
राणा दग्गुबातीको  'हाथी मेरे साथी’को ट्रेलर सार्वनजिक
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २१ : दक्षिण भारतीय अभिनेता राणा दग्गुबाती अभिनित चलचित्र ‘हाथी मेरे साथी’ काे ट्रेलर सार्वनजिक भएको छ। तीन मिनेटको उक्त ट्रेलरमा जंगली हात्ती बचाउन गरिएको संघर्ष देख्न सकिन्छ ।  

‘बाहुबली’मा भल्लालदेवको भूमिकाबाट चर्चित बनेका राणाको यो चलचित्र २६ मार्चमा प्रर्दशन हुँदैछ।  उनी यस चलचित्रमा वनदेव नामको पात्रमा देखिदैछन्। हिन्दी, तमिल र तेलुगू भाषामा बनेको यस चलचित्रको लागि उनले ३० केजीभन्दा धेरै तौल घटाएका छन्। 

चलचित्रमा पुलकित सम्राट, जोया हुनेन र श्रिया पिलगांवकर लगायत कलाकारको अभिनय रहेको छ। प्रभू सोलोमनकोे निर्देशन रहेको यस चलचित्रलाई इरोस इन्टरनेसनले निर्माण गरेको हो। 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्