Kathmandu Press

म्यानमार नरसंहार बन्द गर्न आग्रह गर्दै प्रदर्शन

काठमाडौं, फागुन २१ : बृहत् नागरिक आन्दोलनका सहभागीहले म्यानमारमा भएको नरसंहारकारी घटनाको विरोधमा प्रदर्शन गरेको छ।उनीहरुले शुक्रबार बिहान ललितपुरको नक्खुमा रहेको म्यानमार दूतावाससामु प्लेकार्डसँगै...
म्यानमार नरसंहार बन्द गर्न आग्रह गर्दै प्रदर्शन

काठमाडौं, फागुन २१ : बृहत् नागरिक आन्दोलनका सहभागीहरुले म्यानमारमा भएको नरसंहारकारी घटनाको विरोधमा प्रदर्शन गरेका छन्।

उनीहरुले शुक्रबार बिहान ललितपुरको नक्खुमा रहेको म्यानमार दूतावाससामु प्लेकार्डसँगै तीन औंला देखाएर प्रदर्शन गरेका हुन्।

जसरी म्यानमारका जनताले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेतका रूपमा तीन औंला देखाएर प्रदर्शन गर्दै आएका छन्, त्यसरी नै बृहत् नागरिक आन्दोलनका सहभागीले पनि त्यसको अनुशरण गरेका हुन्।

म्यानमारमा फेब्रुअरी १ मा सैनिक ‘कु’ भएको थियो । त्यसकाे विरोधमा त्यहाँ हुँदै आएको प्रदर्शनमाथि व्यपाक दमन गरिएको छ । त्यसक्रममा सुरक्षाकर्मीको गोली लागी ५० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

उनीहरूले ‘हामी म्यानमारका नागरिकका साथमा छौं’, ‘म्यानमार सरकार नागरिक हत्या बन्द गर’, ‘म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल’, ‘म्यानमार सेना हिंसा बन्द गर’ लगायत सन्देश उल्लेख भएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा डा. गोविन्द केसी, खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत नागरिक अभियन्ताहरूको सहभागिता थियो।
   
म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्