Kathmandu Press

विप्लव समूहका नेता धमेन्द्र बास्तोला रिहा

काभ्रे, फागुन २१ : सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता रिहा हुन थालेका छन्  ।११ दिन देखि जिल्ला प्रहरी कार्यालय...
विप्लव समूहका नेता धमेन्द्र बास्तोला रिहा

काभ्रे, फागुन २१ : सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता रिहा हुन थालेका छन्  ।

११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला शुक्रबार बिहान रिहा भएका छन् । उनलाई संगठित अपराध, आगजनीलगायतको आरोप लागेको थियो । 

रिहा भएपछि बास्तोलालार्ई प्रहरीले सुरक्षासहित काठमाडौं पठाएको छ ।

सरकारसँग भएको तीन बुँदे सहमतिमा  विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख छ ।


 

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्