Kathmandu Press

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, फागुन २१ : सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँले घटेको छ...
आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, फागुन २१ : सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा आज छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन  बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । 

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा  ३५ रुपैयाँले घटेको छ । तोलामा एक हजार २८५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्