Kathmandu Press

१७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

तनहुँ, फागुन २१ : जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् ।खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार...
१७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

तनहुँ, फागुन २१ : जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए । ‘घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो’, उनले भने, ‘घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।’ 

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए। उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनको भनाइ छ ।

गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्