Kathmandu Press

सभागृहबाट सार्वजनिक हुँदै विप्लव

काठमाडौं, फागुन २१ : भूमितग अवास्थामा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहमा हुने कार्यक्रमबाट सर्वाजनिक हुँदै छन्। बुधबार र...
सभागृहबाट सार्वजनिक हुँदै विप्लव
फाइल तस्बिर ।

काठमाडौं, फागुन २१ : भूमितग अवास्थामा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहमा हुने कार्यक्रमबाट सर्वाजनिक हुँदै छन्। बुधबार र बिहीबार सरकारसँग भएको वार्तामा निष्कर्षमा पुगेपछि विप्लव आज सर्वाजनिक हुने भएका हुन्।

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीले तीन बुँदे सहमति गरेको थियो । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।

सोही सहमति सर्वाजनिक गर्न शुक्राबार दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुने छन् ।

सो कर्याक्रममलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने छन् भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने छन्।

विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: ०८:३५ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्