Kathmandu Press

लागूऔषधि कारोबारी समात्न गएको प्रहरी टोलीले गोली चलाउँदा एकको मृत्यु

लागूऔषधि कारोबारी समात्न गएको प्रहरी टोलीले गोली चलाउँदा एकको मृत्यु
Hardik ivfHardik ivf

महेन्द्रनगर, फागुन २० : लागुऔषध कारोबारी समात्ने गएको प्रहरी टोलीले गोली चलाउँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझ साढे ६ बजे कञ्चनपुरको बेलौरी नगरपालिका ७ को सिमावर्ती क्षेत्रमा प्रहरी र लागूऔषध कारोबारीबीच झडप भएके हो। उनीहरुलाई समात्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

मृतको पहिचान खुल्न सकेको छैन। उनी भारतीय नागरिक हुनसक्ने एसपी चतुर्वेदीको अनुमान छ।

प्रहरीको गोली लागी युवक घाइते भएका थिए। उनलाई उपचारका लािग बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य लागूऔषध कारोबारी भने भारततर्फ भागेको प्रहरीले जनाएको छ। प्रहरी ठूलो मात्रामा ब्राउन सुगर बरामद गरेको छ।

 

प्रकाशित मिति: २०:५९ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्