Kathmandu Press

मेलम्चीको पानी सुन्दरीजल पुग्दै, बाग्मतीमा पानीको सहत बढ्नसक्ने

मेलम्चीको पानी सुन्दरीजल पुग्दै, बाग्मतीमा पानीको सहत बढ्नसक्ने
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा बाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन आग्रह गरेको छ।

सुरुङ परीक्षणका लागि फागुन १० गतेदेखि पानी पठाउन थालिएको छ। एकदुई दिनमै मेलम्चीको पानी सुन्दरीजल पुग्ने जनाएको छ। सुन्दरी जल पुगेको पानी सिधै बाग्मतीमा जानेछ।

जसले गर्दा पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन अपिल  गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनले भने, 'एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ।'

झण्डै दुई दशक पहिले निर्माण शुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो। निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो।

परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो। मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो।

परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौँ उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ।

राष्ट्रिय गौरबको सो आयोजना लामो प्रतिक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकावासीमा आशा जगाएको छ। पानी नियमित वितरण शुरु भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ।

सुरुङ, हेडवर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो। पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ। (रासस)

प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्