Kathmandu Press

पहिलो इनिङमा इंग्ल्यान्ड २०५ रनमै अलआट

काठमाडाै‌ं, फागुन २० : घरेलु टिम भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड सस्तैमा समेटिएको छ। अहमदावादमा आजबाट सुरु भएको अन्तिम टेस्टमा अक्षर पेटल...
पहिलो इनिङमा इंग्ल्यान्ड २०५ रनमै अलआट

काठमाडाै‌ं, फागुन २० : घरेलु टिम भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड सस्तैमा समेटिएको छ। अहमदावादमा आजबाट सुरु भएको अन्तिम टेस्टमा अक्षर पेटल र रविचन्द्रन आश्विन चम्किएपछि इंग्ल्यान्ड२०५ रनमै अलआउट भएको हो।

इंग्ल्यान्डका लागि अलराउन्डर बेन स्टोक्सले ५५ रन बनाउँदा डम लउरेन्सले ४६ रन बनाए । यस्तै, ओलिइ पोपले २९ र जोनी बेइस्टोले २८ रनको योगदान दिए। इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका अक्षर पटेलले २६ ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए भने आश्विनले १९.५ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यस्तै, मोहम्मद सिराजले २ तथा वासिङ्टन सुन्दरले १ विकेट लिए।

पहिलो दिन नै इनिङ सुरुवात गरेको भारतले दिनको समाप्तिमा २४ रन बनाउँदा १ विकेट गुमाएको छ । उसका शुभमन गिल शुन्य रनमै आउट भएका थिए । दोस्रो दिनको सुरुवात ८ रन बनाएक रोहित शर्मा र १५ रन बनाएका चेतेश्वर पुजाराले गर्नेछन्।

चार टेस्टको सिरिजमा भारत २–१ले अघि छ। पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो भने त्यसपछिका दुवै टेस्ट भारतले जितेको थियो । चेन्नईमै भएको दोस्रो टेस्टम भारत ३१७ रनले विजयी भएको थियो भने अहमदावादमा भएको तेस्रो (डे÷नाइट)टेस्टमा भारत १० विकेटले विजयी भएको थियो।

 

प्रकाशित मिति: १९:५९ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्