Kathmandu Press

खोप लगाएपछि डा.बाबुराम भट्टराई बिरामी, महाराजगञ्ज अस्पताल भर्ना

काठमाडौं, फागुन २० : कोरोना भाइरसविरुद्धको खोप लगाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेका छन्।डा. भट्टराईले बुधबार सिभिल अस्पतालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएका...
खोप लगाएपछि डा.बाबुराम भट्टराई बिरामी, महाराजगञ्ज अस्पताल भर्ना
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : कोरोना भाइरसविरुद्धको खोप लगाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेका छन्।

डा. भट्टराईले बुधबार सिभिल अस्पतालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएका थिए। उनलाई उच्च ज्वरो आएको छ।

उच्च ज्वरो, जिउ दुख्ने भएपछि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको छ। अस्पतालका प्रवक्ता प्रवक्ता रामविक्रम अधिकारीले पोस्ट कोभिड भ्याक्सिन सिन्ड्रोम देखिएको बताए।

डा.भट्टराईलाई १०१ डिग्री फरेनहाइट ज्वरो आएको प्रवक्ता अधिकारीले बताए। अन्य अवस्था भने सामान्य रहेको उनले बताए। बुधबार बेलुका भने १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएको जनाएको छ।

डा.भट्टराईले बुधबार सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका थिए। उनलाई बेलुकादेखि नै ज्वरो र जिउ दुख्ने समस्या देखिएको थियो।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्