Kathmandu Press

नेकपा (माओवादी केन्द्र) ले चैत २१ गते काठमाडौंमा जनसभा गर्ने

नेकपा (माओवादी केन्द्र) ले चैत २१ गते काठमाडौंमा जनसभा गर्ने
कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी चैत २१ गते विशाल जनसभा गर्ने भएको छ ।
सोही क्रममा संयुक्त क्रान्तिकारी जनपरिषद्को घोषणासमेत गर्ने जनाइएको छ।

फागुन १८ र १९ गते बसेको राजनीतिक परिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न रिपोर्टर्स क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ ले सभाका लागि आफ्नो नेतृत्वमा २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।

पार्टी महासचिव मेघबहादुर खत्रीको संयोजत्वमा आर्थिकलगायत अन्य विभिन्न उपसमिति गठन गरिएको उनले बताए। उनले संसद् पुनःस्थापना भए पनि वर्तमान संकटको समाधान गर्ने संसदवादी दलहरूको क्षमतामा ह्रास आएको आरोप लगाए।

उनले दलहरूको असक्षमतालाई नै मध्यनजर गर्दै पार्टीले नेपाली जनताको नेतृत्वदायी ऐजेन्डाका रूपमा राजनीतिक जनपरामर्श सम्मेलन, जनपक्षीय सर्वदलीय सर्वपक्षीय संयुक्त सरकारको नारा सफल बन्दै गएको जिकिर गरे।  

अखिल नेपाल ज्येष्ठ नागरिक संघ क्रान्तिकारी गठन भएको र ज्येष्ठ नागरिकलाई वर्षको एक दिन परिवार सरकारबाट अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको विज्ञप्तिमा जनाइएको छ। 

सरकार-विप्लव समूहबीचको वार्ताप्रति  नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ।

वार्ताको वातावरण बनाउने सन्दर्भमा आफूहरूबाट पनि सकारात्मक पहल भएको र वार्ता देश, जनता र वर्गप्रति जवाफदेही हुँदै परिणाममुखी बन्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्