Kathmandu Press

ओरालो लाग्यो सुनको मूल्य 

काठमाडौं, फागुन २० : स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा नै एक हजार रुपैयाँलेले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधबार...
ओरालो लाग्यो सुनको मूल्य 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा नै एक हजार रुपैयाँलेले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

त्यसैगरी बुधबार ८७ हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै बुधबार एक हजार ३१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ रुपैयाँ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । 
 

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्