Kathmandu Press

पोलार्डले ६ बलमा ६ छक्का हान्दा वेस्टइन्डिज विजयी

काठमाडाैं, फागुन २० : श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले एकै ओभरमा छक्का प्रहार गरेका छन् ।  पोलार्डको धमाकेदार इनिङमद्दतमा...
पोलार्डले ६ बलमा ६ छक्का हान्दा वेस्टइन्डिज विजयी
Hardik ivfHardik ivf

काठमाडाैं, फागुन २० : श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले एकै ओभरमा छक्का प्रहार गरेका छन् ।  पोलार्डको धमाकेदार इनिङमद्दतमा वेस्टइन्डिजले श्रीलंकामाथि ४ विकेटको जित निकाल्यो ।

पोलार्डले अकिला धनन्जयको तेस्रो ओभरमा पोलार्डले ६ छक्का प्रहार गरेका थिए। धनन्जयले अघिल्लो ओभरमा ह्याट्रिक विकेट लिएका थिए। टी–२० अन्तर्राष्ट्रियमा यो ६ बलमा ६ छक्का हानेको यो तेस्रो पटक हो । यसअघि भारतका युवराज सिंह र दक्षिण अफ्रिकाका हर्षल गिब्लले ले टि–२० विश्वकपमा ६ बलमा ६ छक्का हानेका थिए।

पहिले ब्याटिङ गरेको घरेलु टिम श्रीलंकाले ९ विकेटको क्षतिमा १३१ रन जोड्यो। उसका लागि पाथुन निशंकाले सबैभन्दा बढी ३९ रन जोडे। बलिङमा वेस्टइन्डिजका ओबे म्याकेएले २ विकेट लिए।

१३२ रनको सामान्य लक्ष्य वेस्ट इन्जिजले १३.१ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। वेस्ट इन्डिजको जितमा कप्तान पोलार्डले ११ बलमा ३८ रन जोडे।
 
त्यसअघि धनन्जयले चौथो ओभरमा ह्याट्रिक गरेका थिए। उनले चौथो ओभरको दोस्रो बलमा इभिन लेविस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलास पूरनलाई आउट गरे। लेविस २८ रनमा आउट हुँदा गेल र पूरन शून्यमा आउट भए।

वेस्टइन्डिजका लागि पोलार्डबाहेक जासन होल्डरले नटआउट २९ रन जोडे भने लेन्ड सिमोन्सले २६ रन र इभिन लेविसले २८ रनको योगदान दिए। बलिङमा श्रीलंकाका धनन्जय र सिल्भाले समान ३ विकेट लिए।

प्रकाशित मिति: ०९:०९ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्