Kathmandu Press

हरियाली जोगाउन वैज्ञानिक वन खारेज : वनमन्त्री आले

काठमाडौं, फागुन १८ : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले हरियाली वन जोगाउनका लागि वैज्ञानिक वन खारेज गरिएको बताएका छन् ।सामुदायिक वन उपभोक्ता...
हरियाली जोगाउन वैज्ञानिक वन खारेज : वनमन्त्री आले

काठमाडौं, फागुन १८ : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले हरियाली वन जोगाउनका लागि वैज्ञानिक वन खारेज गरिएको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले वैज्ञानिक वनको अवधारणा राम्रो भए पनि केहीले वन विनाश गर्नकै लागि जथाभावी वन फँडानी गर्ने गरेको र त्यसलाई रोक्नका लागि वैज्ञानिक वन खारेज गरिएको बताए।

मन्त्री आलेले भने, ‘हरियाली वन सखाप गर्नेका विरुद्ध उत्रिएको छु सबैको साथ र सहयोगको अपेक्षासमेत गरेको छु । वैज्ञानिक वन खारेज नगर्नका लागि विभिन्न क्षेत्रबाट केही प्रलोभन आए पनि आफू त्यो प्रलोभनमा नपरेको उनले बताए ।

मन्त्री आलेले भावी सन्ततिका लागि भए पनि फँडानी हुन लागेको वन जोगाउन सफल भएको खुसी व्यक्त गरे। उनले वैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा वन फँडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बदनाम पार्ने काम भएकाले त्यसलाई नियन्त्रण गर्न आफू प्रतिवद्ध रहेको बताए।

्सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि विसं २०७१ खारेज गरिसकेको छ । गएको माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । वैज्ञानिक वन खारेज भएपछि अब दिगो वन व्यवस्थापन लागू गरिनेसमेत उनले बताए ।

मन्त्री आलेले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था मिलाउन लागेको जानकारी दिए । आर्यघाटमा दाहसंस्कार गर्न निःशुल्क दाउराको व्यवस्थापनका लागि वन मन्त्रालयले गृहकार्य अगाडि बढाएको उनले बताए।

 

प्रकाशित मिति: २१:२३ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्