Kathmandu Press

नवरपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

नवलपरासी, फागुन १८ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नवलपुरमा ट्रक दुर्घटना भएको छ। दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...
नवरपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

नवलपरासी, फागुन १८ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नवलपुरमा ट्रक दुर्घटना भएको छ। दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मुत्यु हुनेमा दुवै ट्रकका चालक छन् । दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:१७ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्