Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने निगमको तयारी

काठमाडौं, फागुन १७ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने निगमको तयारी

काठमाडौं, फागुन १७ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पनि तयारी गरेको हो।

आईओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो। आर्इओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६ र ग्यासमा प्रतिसिलिन्डर ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ।

फेब्रुअरी १६ मा आर्इओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य एक हजार चार सय तोकिएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाएमा पेट्रोल ११८.२०, डिजलको १०३.०७, मट्टितेल १०३.६५ रुपैयाँ पुग्नेछ। त्यस्तै, एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ९१.९६ रुपैयाँ पुग्नेछ।

अहिलेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ।

आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ। सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२, मट्टितेल नोक्सान हुने निगमले जनाइएको छ।

प्रकाशित मिति: २०:०३ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्