Kathmandu Press

ओलीमा अलिकति पनि नैतिकता र इमान छैन : प्रचण्ड

काठमाडौं, फागुन १७: नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा नैतिकता र इमान अलिकति पनि बाँकी नरहेको बताएका छन्।नेपाल कर्मचारी राष्ट्रिय महासंघको...
ओलीमा अलिकति पनि नैतिकता र इमान छैन : प्रचण्ड
फाइल तस्बिर ।
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १७: नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा नैतिकता र इमान अलिकति पनि बाँकी नरहेको बताएका छन्।

नेपाल कर्मचारी राष्ट्रिय महासंघको साधारणसभामा बोल्दै प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि राजिनामा दिनुको सट्टा आफूले जितेजस्तो दम्भ देखाउनुले ओलीमा नैतिककता र इमान नरहेको प्रष्ट पारेको बताएका हुन्।

सम्पूर्ण रुपमा पतन नभएसम्म बेइमानी र प्रतिक्रियावादी चरित्र प्रधानमन्त्री ओलीमा देखिइरहेने प्रचण्डले बताए । प्रचण्डले सधारणसभालाई सम्बोधन गर्दै भने, ‘यस्तो अलोकतान्त्रिक कदम खारेज भएपछि राजीनामा दिनुपर्ने हो । तर, उहाँ आफू झन् बलियो भएको, जितेको जस्तो चरित्र देखाइरहनु भएको छ।’

ओलीमा इमानदारी, वैचारिक निष्ठा नरहेकाले उनको बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा आफूहरुले संघर्ष गरेको प्रचण्डले बताए । उनले सचिवालय, स्थायी समिति, केन्द्रीय समितिको बहुमतको निर्णय र संसदको दुई तिहाइलाई पनि नमान्दै ओलीले प्रतिक्रान्तिकारी कदम चालेको अरोप लगाए।

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्