Kathmandu Press

कारागार अध्ययन गर्न छानविन समिति गठन

तनहुँ, फागुन १७ : जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कैदीबन्दीबीच आइतबार झडप भएपछि जिल्ला...
कारागार अध्ययन गर्न छानविन समिति गठन

तनहुँ, फागुन १७ : जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कैदीबन्दीबीच आइतबार झडप भएपछि जिल्ला प्रशासनले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो।

विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको बताइएको छ। ‘घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानविन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो,’ सहायक प्रजिअ चित्रांगत बरालले भने।

कारागार कार्यालयभित्र रहेको ब्लक बीमा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदी र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवा सुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा पाँच कैदी घाइते भएका थिए ।

 उनीहरुलाई दमौली अस्पतालमा उपचारपश्चात् कारागारमै फिर्ता गरिसकिएको छ । झडपपछि झगडामा संलग्न २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: १५:५६ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्