Kathmandu Press

गोल्डेन ग्लोब अवार्ड : निधनको एक वर्षपछि बेसम्यान उत्कृष्ट अभिनेता, द क्राउनलाई सर्वाधिक ४ अवार्ड

काठमाडौं, फागुन १७ : हलिउडको प्रतिष्ठित गोल्डेन ग्लोब अवार्ड सम्पन्न भएको छ। कोरोना महामारीका कारण भर्चुअल भएको गोल्डेन ग्लोब अवार्डमा स्व.चाडविक बोसम्यान उत्कृष्ट...
गोल्डेन ग्लोब अवार्ड : निधनको एक वर्षपछि बेसम्यान उत्कृष्ट अभिनेता, द क्राउनलाई सर्वाधिक ४ अवार्ड

काठमाडौं, फागुन १७ : हलिउडको प्रतिष्ठित गोल्डेन ग्लोब अवार्ड सम्पन्न भएको छ। कोरोना महामारीका कारण भर्चुअल भएको गोल्डेन ग्लोब अवार्डमा स्व.चाडविक बोसम्यान उत्कृष्ट अभिनेता बनेका छन्। मोसन पिक्चर्सको ड्रामा क्याटेगारीमा उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।

बेसम्यानले ‘रेजिन ब्ल्याक बटम’का लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । गत अगस्त १८मा  बेसम्यानको निधन भएको थियो।

गोल्डेन ग्लोब अवार्डमा ‘द क्राउन’ले सर्वाधिक ४ अवार्ड जितेका छन्। उसले टिभीको ड्रामातर्फ उत्कृष्ट सिरिज, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेको हो। द क्राउटबाट अवार्ड जित्नेमा उत्कृष्ट अभिनेता जोश ओ कानर, उत्कृष्ट अभिनेत्री एमा कोरिन र उत्कृष्ट सहअभिनेत्री गिल्लन एन्डरस थिए।

यस्तै, उत्कृष्ट मोसन फिल्म (विदेशी भाष)को अवार्ड अमेरिकाको मिनारीले जित्यो भने उत्कृष्ट टिभी सिरिज (म्युजिलक कमेडी)को अवर्डा सिट्स क्रिकले जित्यो।

हलिउड फेन प्रेस एसोसिएशन (एचएफपीए)ले आयोजना गर्ने गोल्डेन ग्लोब अवार्डको उत्कृष्ट तीनको मनोनयन फेब्रुअरी ३ मा सर्वाजनिक भएको थियो । यसमा मोसन फिलममा ‘मांक’ सर्वाधिक छ विधामा मनोनयनमा परेको थियो भने ‘द ट्रायल अफ द सिकागो ७’ पाँच विधामा मनोनयनमा परेको थियो। यस्तै टिभी सिरिजको ड्रामातर्फ नेटफ्लिक्सको ‘द क्राउन’ छ विधामा नोमिनेसनमा परेको थियो। अवार्ड २७ विधामा प्रदान गरिन्छ ।

कुन विधामा कसले जिते अवार्ड ?

  • मोसन फिल्म (विदेशी भाष)– मीनारी (अमेरिका)
  • टिभी सिरिज (म्युजिकल/कमेडी) – शिट्स क्रिक
  • टिभी सिरिज (ड्रामा) – द क्राउन
  • टिभी सिरिज अभिनेता (ड्रामा) – जोश ओ कानर (द क्राउन)
  • टिभी सिरिज अभिनेत्री (ड्रामा) – एमा कोरिन (द क्राउन)
  • टिभी सिरिज सहभिनेत्री (ड्रामा) – गिल्सन एन्डरसन (द क्राउन)
  • टिभी सिरिज अभिनेता (म्युजिकल/कमेडी) – जैसन सुडेकिस (टेड लासो)
  • टिभी सिरिज अभिनेत्री (म्युजिकल/कमेडी) – केथरिन ओ हारा (शिट्स क्रिक)
  • टिभी अभिनेत्री (मोसन फिल्म– म्युजिकल/कमेडी)– राजामुन्ड पाइक (आई केयर अ लाट)
  • अभिनेता (मोसन फिल्म– म्युजिकल/कमेडी) – सचा बैरोन कोहेन (बोराट सब्सयक्वेट)
  • मोसन फिल्म (ड्रामा) – नोमाडल्यान्ड
  • निर्देशक (मोसन फिलम, ड्रामा) – क्लोए झाओ
  • अभिनेता (मोसन फिलम, ड्रामा) – चाडविक बोसम्यान  रेनिज ब्ल्याक बटम)
  • अभिनेत्री (मोसन फिलम, ड्रामा) – एन्ड्रा डे (द युनाइटेड स्टेट भर्सेस विली हलिडे)
  • मोसन फिल्म (म्युनजिक कमेडी) – बोराट सब्सक्वेट
  • सहअभिनेत्री (मोसन फिल्म) जोडी फास्टर (द मारिटानियन)
  • लिमिटेड सिरिज, एन्थोलोजी सिरिज – द क्विन्स ग्याम्बिट
  • अभिनेता (लिमिटेड सिरिज, एन्थोलोजी सिरिज) – मार्क रेफेलो (आइ नो दिस मच इज टु)
  • अभिनेत्री (लिमिटेड सिरिज, एन्थोलोजी सिरिज) – आन्या टेलर (द क्विन्स ग्याम्बिट)
  • मोसन फिल्म (एनिमेटेड) – सोल
  • सह अभिनेत्री (टिभी सिरिज) – डेनियल कलुया (जुडास एन्ड द ब्ल्याक मेसिया)
  • रेसिपियन्ट अफ दी इयर – नर्मल लेअर
  • रेसिपियन्ट अफ दी इयर (सेसिल बी डेमिले अवार्ड) – जोन फन्डा
  • स्क्रिन प्ले (मोसन फिल्म) – एरोन सोर्किन (द ट्रायल अफ द शिकागो ७)
  • ओरिजिनल गीत (मोशन फिल्म) – इओ सी (सिन)
  • ओरिजिन साउन्ड स्कोर (मोशन फिल्म) – ट्रेन्ट रेजनोर, एटिकस रोज, जोन बटिस्टे (सोल)

 

 

 

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा