Kathmandu Press

गाउँ पर्यटन प्रवद्धन नेपालको अध्यक्षमा जस्फा पाण्डेको उम्मेदबारी

काठमाडौं, फागुन १७ : गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षका लागि वर्तमान महासचिव जस्फा पाण्डेले उम्मेदबारी घोषणा गरेकी छन् । चैत २० गते...
गाउँ पर्यटन प्रवद्धन नेपालको अध्यक्षमा जस्फा पाण्डेको उम्मेदबारी
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १७ : गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षका लागि वर्तमान महासचिव जस्फा पाण्डेले उम्मेदबारी घोषणा गरेकी छन् । 

चैत २० गते हुने भिटोफको २४ औँ बार्षिक साधारणसभा र अधिवेशनमा उनले अध्यक्षको लागि उम्मेदबारी दिने घोषणा गरेकी हुन् । 

मिलेसम्म सबैको सर्वसहमतिमा र यदि भएन भने निर्वाचन प्रक्रियाबाट भएपनी आफू सस्थाको अध्यक्ष बन्ने पाण्डेले बताईन । भिटोफको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष नभएकोले यस पटक इतिहास लेखिने पाण्डेको भनाई छ। 

'सदैव सस्थाको उद्देश्य प्राप्तिको लागि लागिपरेको छु । अहिले मेरो उम्मेदवारी कोरोना भाइरस (कोभिड १९) ले थला परेको बिशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि हो', पाण्डेले भनिन् । 

ग्रामिण पर्यटनको क्षेत्रमा लामो समय क्रियाशिल रहेकाले आफुले नेतृत्व पाउने उनको भनाई छ ।

प्रकाशित मिति: १०:११ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्