Kathmandu Press

क्लासिक टेकको मुख्य डिभाइस तोडफोड गर्ने एक पूर्व कर्मचारी पक्राउ 

काठमाडौं, फागुन १७ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याईएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गर्ने एक...
क्लासिक टेकको मुख्य डिभाइस तोडफोड गर्ने एक पूर्व कर्मचारी पक्राउ 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १७ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याईएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गर्ने एक पूर्व कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

बाराको निजगढमा कार्यरत किरण तिमल्सिना नामक एक पूर्व कर्मचारीले क्लासिक टेकको मुख्य इन्टरनेटको कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डाटा सेन्टरको तारहरु निकाल्दा र त्यहाँ भएका अप्टिकल फाइबर लगायतका तारहरु काटिदिँदा बुधबार ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेबा अवरुद्ध भएको थियो। हाल सो काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा संचालन सुचारु भईसकेको क्लासिक टेक मुख्य कार्यालयका एक अधिकारीले जानकारी दिए।

कम्पनीबाट काम छोडिसकेका पूर्व कर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेसनल ब्याकबोन नै डाउन गराएका थिए । जसले गर्दा भारतबाट बिरगंज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिंक डाउन भएको थियो । कम्पनीका अनुसार पूर्व कर्मचारी तिमल्सिनाले विद्युत प्राधिकरणको सो कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरि कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्याएका थिए। पक्राउ परेका पूर्व कर्मचारी हाल इलाका प्रहरी कार्यालय सिमरा, बाराको प्रहरी हिरासतमा रहेका छन्।

अत्यावश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवामा अवरोध गर्न कानूनले रोक लगाएकोले प्रहरीले अत्यावश्यक सेवा ऐनअनुसार उनलाई कारबाही गर्न सक्ने छ। त्यसैगरि दूरसञ्चार ऐन २०५३ अन्तरगत दफा ४७ को उपदफा ५ अन्तरगत समेत कारबाही हुने र जरिवाना तिर्नुपर्ने हुनसक्ने प्रावत्रान रहेको छ । 

प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्