Kathmandu Press

शृंखला खतिवडा बनिन् वर्ल्डलिंकको ब्रान्ड एम्बेसेडर

काठमाडौं, फागुन १६ : वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले पूर्व मिस नेपाल शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूत (ब्रान्ड एम्बेसेडर) बनाएको छ।कम्पनीको २५ औँ वार्षिकोत्सवका अवसरमा...
शृंखला खतिवडा बनिन् वर्ल्डलिंकको ब्रान्ड एम्बेसेडर
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १६ : वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले पूर्व मिस नेपाल शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूत (ब्रान्ड एम्बेसेडर) बनाएको छ।

कम्पनीको २५ औँ वार्षिकोत्सवका अवसरमा खतिवडालाई ब्रान्ड एम्बेसेडर बनाइएको हो । ‘नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति वर्ल्डलिंकले गरेको मेहनतको म सराहना गदर्छु,’ सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि खतिवडाले भनिन्, ‘यसको सद्भावना दूत हुन पाएकामा निकै खुशी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु¥याइरहेको संस्था पनि हो ।’

साथै कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेको, नयाँ कामहरू गरिरहेको र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको  प्रयोग गरिरहेको वर्ल्डलिंक नेपालका युवाहरूका लागि प्रेरणाको स्रोत पनि बनिरहेको उनी बताउँछिन् ।

खतिवडासँग काम गरी कम्पनीले सेवाहरुको बारेमा बजारमा सही जानकारी प्रेषित गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्