Kathmandu Press

आज थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, फागुन १५ : देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...
आज थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, फागुन १५ : देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कारोनाका कारण दुई जनाको मृत्यु भएको छ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ। निको हुने दर भने ९८ दशमलव छ प्रतिशत छ।

अहिले देशभर ९८६ सक्रिय सङ्क्रमित छन्। ६२ जना क्वारेन्टिनमा छन्। हालसम्म नेपालमा २१  लाख ६० हजार ४०४ को पिसिआर परीक्षण भएको छ।

पछिल्लो समय कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्