Kathmandu Press

परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं, फागुन १५ : नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने भएको छ।कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि...
परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १५ : नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने भएको छ।

कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गर्न लागेको हो।

एसोसिएसनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न लागिएको बताए “एसोसिएसनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारबारे खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नेछ, उनले भने।

एसोसिएसनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ।

एसोसिएसनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताइन्।

प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्