Kathmandu Press

कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन : पोखरेल

काठमाडौं, फागुन १४ : उपप्रधानमन्त्री एवं नेकपा (ओली) समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा सामना गर्ने बताएका...
कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन : पोखरेल
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १४ : उपप्रधानमन्त्री एवं नेकपा (ओली) समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा सामना गर्ने बताएका छन्।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए। उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने बताए।

उनले नेकपाको अर्को समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत आग्रह गरे। 'प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ। कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन,' पोखरेलले भने, 'नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ।'

उनले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताए। उनले प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने बताए।

उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिए। 'अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्,' उनले भने, 'अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन्। जनताले गर्ने फैसलाको प्रतीक्षामा  हामीहरु छौँ।'

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताए। उनले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको बताए।

 

प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्