Kathmandu Press

युरोपा लिग अन्तिम १६को ड्र : युनाइटेड र एसी मिलान तथा आर्सन र ओलम्पियाकोस भिड्ने

काठमाडौं, फागुन १४ : युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को ड्र सर्वाजनिक भएको छ। आज सार्वजनिक ड्र अनुसार इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले...
युरोपा लिग अन्तिम १६को ड्र : युनाइटेड र एसी मिलान तथा आर्सन र ओलम्पियाकोस भिड्ने
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १४ : युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को ड्र सर्वाजनिक भएको छ। आज सार्वजनिक ड्र अनुसार इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानको सामाना गर्ने छ भने अर्को इंग्लिस क्लब आसर्ननले ओलम्पियाकोससँग खेल्ने भएको छ।

सर्वाजनिक ड्रअनुसार डच क्लब आयाक्सले योङ बोइजसँग खेल्ने छ भने स्पेनिस क्लब भिल्लारियलले डाइनामो किभको सामाना गर्ने छ। यस्तै इंग्लिस क्लब टोटनह्यामले डिनामो जाग्रेब, इटाइलिन क्लब एएस रोमाले शख्तर डोनेस्कलाई प्रतिद्वन्द्वीका रुपमा पाएका छन्। स्टेभन जेरार्डको टिम रेन्जर्स र स्लाभिया प्राह तथा स्पेनिस क्लब ग्रानडा र मोल्डे पनि अन्तिम १६ मै भिड्ने छन्।

युरोपा लिगको अन्तिम १६को पहिलो लेग ११ मार्च र दोस्रो लेग १८ मार्चमा हुनेछ । कोरोना महामारीको अवस्थाले हेरेर खेल स्थान भने परिवर्तन हुन सक्ने युइएफएले जनाएको छ।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्