Kathmandu Press

ओली र बामदेवबीच भेटवार्ता

काठमाडौं, फागुन १४ : नेकपा उपाध्यक्ष बामदेव गौतमले ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । गौतमले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार...
ओली र बामदेवबीच भेटवार्ता

काठमाडौं, फागुन १४ : नेकपा उपाध्यक्ष बामदेव गौतमले ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । गौतमले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।

दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग पनि पार्टी एकतालाई प्राथमिकतामा राखेर निर्णय लिन आग्रह गरेका स्रोतले जनाएको छ । 

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।


 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्