Kathmandu Press

सम्पदा संरक्षणको माग राख्दै माइतीघरमा प्रदर्शन

सम्पदा संरक्षण अभियानकर्मीहरूसमेत सम्मिलित सो प्रदर्शनमा कमलपोखरीमा कंक्रिटयुक्त संरचना निर्माण गरिएकोप्रति समेत विरोध जनाइएको छ।
सम्पदा संरक्षणको माग राख्दै माइतीघरमा प्रदर्शन
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १४ :  बृहत् नागरिक आन्दोलनमा सहभागीहरूले बालाजु सडक विस्तारको विरोध गर्दै बिहीबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

सम्पदा संरक्षण अभियानकर्मीहरूसमेत सम्मिलित सो प्रदर्शनमा कमलपोखरीमा कंक्रिटयुक्त संरचना निर्माण गरिएकोप्रति समेत विरोध जनाइएको छ।

प्रदर्शनमा साहित्यकार, कलाकार, नागरिक समाज, सामाजिक अभियन्ता,  संरक्षणकर्मीलगायत सहभागी थिए । प्रदर्शनमा सहभागी हुनेहरू परम्परागत नेवारी वेशभूषामा पनि सजिएका थिए।

मौलिक बाजागाजा प्रस्तुत गर्दै प्रदर्शनका सहभागी भएकाहरूले विकासको नाममा प्रतिगमनहुन नहुने धारणा राखेका थिए ।

बालाजु सडक विस्तारको विरोधमा उत्रिएकामध्ये विरोचन श्रेष्ठ र सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै प्रदर्शनकारीले तत्काल उनीहरूको रिहाइ हुनुपर्ने माग गरे।

सम्पदा संरक्षणको माग राख्दै प्रदर्शनकारीहरू माइतीघर मण्डलाबाट कमलपोखरी जाँदैछन् ।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्