Kathmandu Press

दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा 

काठमाडौं, फागुन १४ : नायिका स्वस्तिमा खड्का  दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र  ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । कलाकार छनौटको लागि नेपाल आएको...
दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा 

काठमाडौं, फागुन १४ : नायिका स्वस्तिमा खड्का  दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र  ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । 

कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।

नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्याैपाने चलचित्रमा स्वस्तिमा अनुबन्धित भएको बताएका छन । चलचित्रलाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।

चलचित्रको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ । 

राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । 

 चलचित्रमा खड्काको भूमिकाबारे खुलाइएको छैन । 
 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्