Kathmandu Press

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, फागुन १४ : स्थानीय बजारमाशुक्रबार सुनको मूल्य तोलामा  ५०० रुपैयाँले ओरालो लागेको छ ।  छापावाला सुन शुक्रबार तोलामा  ८८ हजार ८०० रुपैयाँमा कारोवार...
पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, फागुन १४ : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा  ५०० रुपैयाँले ओरालो लागेको छ ।  छापावाला सुन शुक्रबार तोलामा  ८८ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो । 

यसै गरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ रुपैयाँ मूल्य निर्धारण भएको छ । 
 

प्रकाशित मिति: ११:५५ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्