Kathmandu Press

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

काठमाडौं, फागुन १३ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन्।हेटौंडामा भूकम्पका कारण पूर्ण रुपमा...
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं, फागुन १३ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन्।

हेटौंडामा भूकम्पका कारण पूर्ण रुपमा क्षति भई पुनर्निर्माण हुन लागेको महेन्द्र माध्यमिक विद्यालय पदमपोखरीको २१ कोठे भवन शिलान्यास गर्दै उनले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिन सके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोका रुपमा नभई दक्षजनशक्ति उत्पादन गर्ने थलो बनाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो।

पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिन सक्नुपर्ने बताए। प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो।

कार्यक्रममा वाग्मती प्रदेश सांसद जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेख्य रहेको चर्चा गरे । पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनर्निर्माण भइरहेको उल्लेख गर्दै अधिकांश भवनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्