Kathmandu Press

पहिलो टी–२०मा न्युजिल्यान्डले अस्ट्रेलियालाई हरायो

काठमाडौं, फागुन १० : टी–२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। क्राइश्चर्चमा डेभोन कोन्वेले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली न्युजिल्यानडले अस्ट्रेलियामाथि ५३ रनको...
पहिलो टी–२०मा न्युजिल्यान्डले अस्ट्रेलियालाई हरायो

काठमाडौं, फागुन १० : टी–२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। क्राइश्चर्चमा डेभोन कोन्वेले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली न्युजिल्यानडले अस्ट्रेलियामाथि ५३ रनको शानदार जित निकालेको हो ।

पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.३ ओभरमा १३१ रनमै अलआउट भयो। उसका मिचेल मार्सले ४५ र एस्टन अगरले २३ रन बाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा इश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए भने टिम साउदी र ट्रेन्ट बोल्टले समान २ विकेट लिए।

यअसघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले कोन्वेको उत्कृष्ट ब्याटिङक मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८४ रन बनायो। उसको सुरुवात पनि राम्रो हुन सकेन् । १९ रन बनाउँदा ३ विकेट गुमाएको न्युजिल्यान्डका लागि कोन्वेले ९९ रन बनाउँदै इनिङ सम्हाले । उनले ५४ बलमा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै, ग्लेन फिलिप्सले २० बलमा ३० र जेम्स निशमले १५ बलमा २० रन बनाए। अस्ट्रेलियाका झेइ रिचर्डसन र ड्यानिअल साम्सले समान २ विकेट लिए।

न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले ५ खेलको टी–२० सिरिज खेल्ने छ। दोस्रो टी–० डुनेडिनमा २५ फेब्रुअरीमा हुनेछ।

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्