Kathmandu Press

सोमबार सुनको मूल्य स्थिर 

काठमाडौं, फागुन १० : आइतबार ८०० ले वृद्धि भएको सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार...
सोमबार सुनको मूल्य स्थिर 

काठमाडौं, फागुन १० : आइतबार ८०० ले वृद्धि भएको सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

 सोमबार  छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो कारोबार दिन सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो ।

सुनको मूल्य स्थिर रहेतापनि चाँदीको भाउ भने सोमबार वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३३० रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्