Kathmandu Press

हिमपातले बन्द विद्यालय सञ्चालनमा

फुङ्लिङ, फागुन ९ : हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरु भएको छ।समुद्र सतहदेखि ३ हजार २ सय मिटर...
हिमपातले बन्द विद्यालय सञ्चालनमा

फुङ्लिङ, फागुन ९ : हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरु भएको छ।

समुद्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोलामा पुस लागेसँगै हिमपात हुन थालेपछि सोही महिनाको १५ देखि विद्यालय बन्द थियो । हिमपातका कारण अत्यधिक जाडो बढेकाले विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक डिकबहादुर केसीले जानकारी दिए । बिस्तारै मौसम राम्रो हँुदै गएपछि विद्यालय सञ्चालनमा ल्याइएको उनले बताए। विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन्।

यस्तै समुद्र सतहदेखि ३ हजार ५ सय उचाइमा पर्ने फक्ताङलुङ–६ घुन्सामा पनि हिमपात सुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय पुसको पहिलो सातादेखि बन्द भएको थियो । सो विद्यालय फागुन १५ देखि खुलाउने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले बताए। त्यहाँ ४२ विद्यार्थी अध्यायनरत छन्।     

प्रकाशित मिति: १२:४० बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्