Kathmandu Press

गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्छ : पूर्वसञ्चार मन्त्री बस्नेत

काठमाडौं, फागुन ८ : पूर्वसूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन् ।  शनिबार काठमाडौंको चामुण्डा माध्यमिक विद्यालय...
गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्छ : पूर्वसञ्चार मन्त्री बस्नेत
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ८ : पूर्वसूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन् ।  शनिबार काठमाडौंको चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने बताए ।

शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताउँदै उनले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताए ।  समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राखे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, चामुण्डा माध्यमिक विद्यालय पूर्व्विद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार भण्डारीलगातको उपस्थिति थियो ।

सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी समता स्कुलका संचालक उत्तम सञ्जेललगायत कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई सम्मान गरिएको थियो। २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एक मानिन्छ ।

प्रकाशित मिति: १८:४९ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्