Kathmandu Press

९२ अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं, फागुन ३ :  साताको दोस्रो दिन नेप्से करिब सय अंकले बढेको छ । आज नेप्से ९२.४२ अंकले बढेर २ हजार ५८६.१ अंकमा...
९२ अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं, फागुन ३ :  साताको दोस्रो दिन नेप्से करिब सय अंकले बढेको छ । आज नेप्से ९२.४२ अंकले बढेर २ हजार ५८६.१ अंकमा बन्द भएको छ ।

कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २०५ कम्पनीका २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ मा खरिद बिक्री भएको छ ।

आज बाह्रैओटा उपसूचक उकालो लागेका छन् । करिब एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आशा लघुवित्त, छिमेकी लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्तलगायतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा निर्धन उत्थान लघुवित्त शीर्ष स्थानमा रहेको छ । यसको ७० करोड ४८ लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । नबिल बैंक, छिमेकी लघुवित्त, डेप्रोक्स लघुवित्त, ग्लोबल आइएमई बैंकको पनि उच्च कारोबार भएको छ ।

नेप्सेमा उछाल आउँदा पञ्चकन्यामाई हाइड्रो, सानिमा बैंक लिमिटेड डिभेन्चरलगायतको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्