Kathmandu Press

हिउँमा खेल्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायहरू  

हिमपात भएको वेला हामीहरू हिउँसँग खेल्न, घुम्न र रमाइलो गर्न त्यो ठाउँमा जाने गर्छौँ। युवा तथा बालबालिका बर्फिलो ठाउँमा गइ स्लेडिङ, आइस स्केटिङ...
हिउँमा खेल्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायहरू  

हिमपात भएको वेला हामीहरू हिउँसँग खेल्न, घुम्न र रमाइलो गर्न त्यो ठाउँमा जाने गर्छौँ। युवा तथा बालबालिका बर्फिलो ठाउँमा गइ स्लेडिङ, आइस स्केटिङ र अन्य क्रियाकलापमा रमाउन चाहन्छन्। 

यसबाहेक पनि हिमपातमा हिँडडुल गर्दा शरीरको व्यायाम हुनेहुँदा हिउँमा मनोरन्जन गर्न चाहनेहरू अन्य स्वास्थ्य सुरक्षाबारे अचेत हुनपुग्छन्। तर, स्वास्थ्य सुरक्षानै सबैभन्दा महत्वपूर्ण कुरा हो।  रमाइलो गर्न बाहिर जानुअघि विशेषज्ञहरूको केहि बहुमुल्य सल्लाह–सुझाबबारे बुझौँ।

एकमाथि अर्को पहिरन गर्न जरूरी

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार आमाबुबा र हेरचाहकर्ताले बालबालिकालाई बाहिर लैजानु पूर्व धेरै थुप्रै पातला कपडाहरू लगाइदिनु पर्छ। यसले उनीहरूको शरीरलाई सुख्खा र तातो राख्छ। र, फ्रोस्टबाइट तथा हाइपोथर्मियाको जोखिम कम गर्छ। जुत्ता, पन्जा र जाडोमा लगाउने टोपी लगाउन अनिवार्य हुन्छ। 

बोस्टन चिल्ड्रेन्स अस्पतालका बाल रोगसम्बन्धी विशेषज्ञ लोइस ली भन्छिन्, ‘रूल अफ थम्ब अनुसार वयष्कहरूले जस्तै बालबालिकालाई पनि यस्तो मौसममा एउटा मात्र बाक्लो कपडा नभएर बढीभन्दा बढी लुगा लगाइदिनुपर्छ।’ बालबालिका खेल्दा न्यानो महसुस गराउनु पर्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘बच्चाहरू बाहिर खेल्दै छन् भने न्यानो महसुस गराउन र यदि आवश्यक परे केही कपडा खोलिदिनको लागि लेयरिंग महत्वपूर्ण हुन्छ।’

प्रतिबिम्बित सूर्यकिरण हानिकारक

धेरैवटा कपडा लगाउँदा ज्यादै न्यानो महसुस भए एउटा दुइटा खोल्न सकिन्छ। यस अवस्थामा घाम लागीहाले बडी एक्स्पोजर बढ्नसक्छ। सूर्य किरण हिउँमा प्रतिबिम्बित हुँदा अझ तीव्र हुनजान्छ।

ब्रुक्स जोर्डन, वायोमिंग स्टेट पार्कसका जिल्ला प्रबन्धक भन्छन्, ‘जाडोमा बाहिर रमाईलो गर्न खोज्नेहरूले छालामा सनस्क्रीन प्रयोग गर्न बिर्सनु सामान्य कुरा हो। सनस्क्रीनले जाडो मौसममा पनि समान सुरक्षा प्रदान गर्दछ।’

सेफ स्केटिंग

केही पहाडी ठाउँहरू जहाँ बर्फले भरिएको हुन्छ, त्यहाँ स्केटिङ गर्न जाँदा सरकारले स्वीकृत गरेको ठाउँमा मात्र स्केटिंग गर्नुपर्छ। जथाभावी स्केटिङ गर्दा हिउँको उतार चढाव भएको ठाउँमा कतै भित्र पानी जमेको पनि हुनसक्छ। स्थानीय प्रहरी या मनोरन्जन विभागद्वारा तोकिएको चिह्नस्थल खोज्नुपर्छ। अथवा प्रहरी या पार्क अधिकारीहरूसँग सम्पर्क राखेर पुष्टि गर्नसकिन्छ। 

स्केटिङ गर्दा धेरै दायाँ बायाँ नगरि एकै दिशातिर स्केटिंग गर्नुपर्छ। समूहमा स्केटिंग गर्नुपर्छ, एक्लै होइन। जोर्डन भन्छन्, ‘स्केटिंग गर्नु अघि आफ्नो क्षमता र शारीरिक अवस्थाबारे इमानदार हुन जरूरी हुन्छ। विशेष गरी वयस्कहरूको लागि। अन्तिम पटक कहिले स्केट गर्नुभयो र तपाईंको शक्ति र सन्तुलन पहिले जस्तो छ छैन यो विचार गर्न जरूरी हुन्छ। 

स्केट्सका उपकरणहरू प्रयोग गर्न जरूरी हुन्छ। जोर्डन स्केटिङ गर्दा हेलमेट र ग्लोभ्स लगाउन सिफारिस गर्छन र यदि उज्यालो दिनमा बाहिर स्केटिंग गर्दै हुनुहुन्छ भने सनग्लासहरू पनि लगाउन जरूरी हुने उनी बताउँछन्।  

समयको ख्याल

कहिलेकाँही बालबालिका खेल्दा खेल्दै धेरै रमाइलो मान्छन्, तर उनीहरू भित्र न्यानोमा आउँन चाहँदैनन्। अभिभावकले समय सीमा तोकी उनीहरूलाई चिसो तापक्रममा धेरै समयसम्म रहन नदिइ खेलकुदको बीचमा केही समय घरभित्र ब्रेक लिन सल्लाह दिनुपर्छ। ‘यदि बालबालिकाहरू बाहिर खेल्न गए भने कमसेकम ३० मिनेट पछि घरभित्र फर्की केहि तातो पिलाउन जरूरी हुन्छ,’ लीले भनिन्, ‘यसप्रकार, बालबालिकाको आशालाई नमारी उनीहरूलाई न्यानो घरभित्र फर्काइ फेरि बाहिर खेल्न जान दिन सकिन्छ।’

यदि तपाईं घरदेखि टाढा जाँदै हुनुहुन्छ, जस्तै पार्क, इत्यादि भने त्यहाँ न्यानो ठाउँ पत्ता लगाउने योजना पनि बनाउन जरूरी हुन्छ। ‘त्यो चाहे गाडीभित्र या गाडीको पार्कस्थल होस् या नजिकैको अन्य स्थानबारे पहिचान गर्नुहोस् जहाँ न्यानो महसुस गर्नसकिन्छ,’ जोर्डनले भने।

आपतकालिन अवस्थाबाट बच्न

त्यस्तो सडकमा नचहार्नुहोस् जहाँको फुटपाथ हिउँले ढाकिएको छ। त्यस्तै सडक पार गर्दा थप सावधानी अपनाउनुपर्छ। यदि पानीको तलाउ नजिक हुनुहुन्छ र तपाईंले कोहि व्यक्ति या घरपालुवा जनावर पातलो बरफ भएको तलाउमा खसेको देख्नुभयो भने तुरून्त नजिकैको सुरक्षा अधिकारीलाई सम्पर्क गर्नुहोस्। आफैंले बचाउने प्रयास नगर्नुहोस् किनकि यसले तपाईं आफै बर्फीलो पानीमा खस्ने जोखिमता बढाउनेछ। 

(सेफ्टी एन्ड हेल्थ म्यागेजिन डटकमबाट)
 

प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्