Kathmandu Press

साप्ताहिक शेयर विश्लेषण : बैंकिङ, विकास बैंक र वित्तीय क्षेत्रमा लगानीकर्ताको आकर्षण

बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ। बजार हाल खरिद क्षेत्रमा रहे पनि बजार बढिहाल्ने संकेत नगरेकाले खरिद गर्ने संकेत नआएसम्म 'पर्ख र हेर'को रणनीति अपनाउनुपर्ने देखिन्छ। 
साप्ताहिक शेयर विश्लेषण : बैंकिङ, विकास बैंक र वित्तीय क्षेत्रमा लगानीकर्ताको आकर्षण
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १  ः  यो साता नेप्से परिसूचक ५१ दशमलव ६५ अंंकले अर्थात् अघिल्लो साताभन्दा यो साता २ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २४७५ दशमलव २६ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २५२६ दशमलव ९२ को विन्दुमा बन्द भएको छ । यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो ।

उपसूचकबारे कुरा गर्दा यो साता फाइनान्स उपसूचकका शेयरधनीले राम्रो कमाएका छन्।  फाइनान्स उपसूचकमा ६ दशमलव ५४ प्रतिशतको वृद्धि आउँदा दोस्रो र तेस्रोमा विकास बैंक र  बैंकिङ उपसूचकमा क्रमशः ५ दशमलव ३८ र ५ दशमलव १३ प्रतिशतको वृद्धि देखिएको छ। 

यो साता  निर्माण तथा उत्पादनमूलक उपसूचक र ट्रेडिङ उपसूचकमा सर्वाधिक गिरावट रहेको देखिन्छ। यी समूहमा क्रमशः ५ दशमलव ०३ र ४ दशमलव ६४ प्रतिशतको गिरावट रहेको छ।  

यो साता यी समूहहरूमा कारोबारीले नाफा सुरक्षण गरी बैंकिङ, विकास बैंक तथा वित्रीय क्षेत्रमा शेयर खरिद गरेको देखिन्छ।  

Index

Last Week Closing

This Week Closing

Points Chage

% Change

NEPSE

2475.26

2526.92

51.66

2.09

Sensitive

454.02

463.47

9.45

2.08

Float

168.08

172.76

4.68

2.78

Sensitive Float

144.68

149.16

4.48

3.10

Sub-Indices

Last Week Closing

This Week Closing

Points Chage

% Change

Banking

1,720.44

1,808.64

88.20

5.13

Trading

3,048.69

2,907.13

-141.56

-4.64

Hotels

2,060.96

2,086.79

25.83

1.25

Development Bank

2,489.37

2,623.30

133.93

5.38

HydroPower

1,958.92

1,922.56

-36.36

-1.86

Finance

1,112.20

1,184.92

72.72

6.54

Non Life Insurance

13,024.56

13,043.90

19.34

0.15

Manu.& Pro.

6,125.61

5,817.21

-308.40

-5.03

Others

2,028.59

2,034.91

6.32

0.31

Microfinance

4,306.37

4,313.59

7.22

0.17

Life Insurance

18,077.88

18,298.53

220.65

1.22

Mutual Fund

12.07

12.12

0.05

0.41

साताको प्राविधिक विश्लेषण

खुला बिन्दु : २४८६.७९ । उच्च बिन्दु : २५८८.४० । न्यून बिन्दु : २४८६.७९ । अन्तिम बिन्दु : २५२६.९२
प्रतिरोध २ः २५९० । प्रतिरोध १ः २५६५ । टेवा १ः २५०० । टेवा २ः २४५० 

चित्र नं. १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती विश्लेषणअनुसार बजारले माथिल्लो गतिशील प्रतिरोध क्षेत्रलाई तोडेको देखिन्छ। अन्तिम साताको मैनबत्तीले बजारमा पछिल्लो समयमा विक्रेताको चाप रहेको संकेत गरेको देखिन्छ। 

चित्र नं. २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दैनिक मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसले यो साता, बजार २५२० को प्रतिरोध क्षेत्रभन्दा माथि स्थिर रहन सकेको देखिन्छ। यो बजारका लागि सकारात्मक संकेत हो। अन्तिम दिनको मैनबत्तीले त्यस दिन विक्रेताको चाप रहेको जनाएको छ। 

चित्र नं. ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

चित्र नं. ३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसको प्रवृत्तिले पछिल्लो समयमा बजारमा विक्रेताको चाप रहेको संकेत गर्नुका साथै बजार हाल टेवा क्षेत्र नजिक रहेको देखिन्छ। 

समग्रमा हेर्दा बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको र टेवा क्षेत्रमा रहेको देखिन्छ। बजार हाल खरिद क्षेत्रमा रहे पनि बजार बढिहाल्ने संकेत नगरेकाले खरिद गर्ने संकेत नआएसम्म 'पर्ख र हेर'को रणनीति अपनाउनुपर्ने देखिन्छ। 

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, फागुन १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्