Kathmandu Press

शंकाको घेरामा टोकियो ओलम्पिक 

समयमै काम थाल्न ढिलाइ भइरहेको टोकियो ओलम्पिकमा आयोजकले खेलमा सहभागी हुनेहरूका लागि अनिवार्य खोप या क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न सकिरहेको छैन। यसले गर्दा...
शंकाको घेरामा टोकियो ओलम्पिक 

समयमै काम थाल्न ढिलाइ भइरहेको टोकियो ओलम्पिकमा आयोजकले खेलमा सहभागी हुनेहरूका लागि अनिवार्य खोप या क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न सकिरहेको छैन। यसले गर्दा आउँदो गृष्म ऋतुमा सुरू हुने भनिएको ओलम्पिक हुने या नहुने शंका उब्जाइरहेको छ। 

टोकियोमा महामारी अझै नियन्त्रण नभइरहेको स्थितिमा पनि विश्वभरबाट हजारौँ मानिसहरू जापान प्रस्थान गर्न थालिसकेका छन्। विश्व स्वास्थ्य संगठनका सदस्यहरू महामारी फैलसक्ने सल्लाह जनाउँदै ओलम्पिक हुने ठाउँ र वरपर पूरै देशमा संक्रमण फैलने जोखिम भएकाले अहिले कुनै ठूलो कार्यक्रम गर्ने वेला नभएको बताइरहेका छन्।

नागरिकहरू यसबखत चिन्तित् छन् र केवल १६ प्रतिशत जापानीहरू मात्र यस गर्मीमा योजना अनुरूप ओलम्बिक आयोजना हुनुपर्ने धारणा राख्छन्। गत वर्षदेखि स्थगित ओलम्पिकका लागि कोभिड संक्रमण घटाउने मार्ग प्रशस्त गर्न जापानले अघिल्लो महिना आपतकालिन घोषणा गरेको थियो।

जापान आउनु अघि सहभागी खेलाडीहरूको कोरोना टेस्ट हुनुपर्ने भनिएको छ। तर, आयोजक राष्ट्रले ओलम्पिकमा भाग लिने एथ्लिट र टोलीहरूलाई खोप नदिने निर्णय गरेको छ। यसका लागि प्रत्येक राष्ट्रको आफ्नै ओलम्पिक समितिले उनका खेलाडी,  अधिकारी र सरोकारवालाहरु जापान जानु अघि उनकै देशमा खोप लिन प्रोत्साहन गर्नुपर्ने जानकारी आयोजकले आफ्नो प्लेबुकमार्फत गरेको छ। 

३ फेब्रुअरीमा अनावरण गरिएको प्लेबुकको प्रथम संस्करणमा धेरै विवरणहरू सार्वजनिक भएका थिए। त्यसमध्ये सहभागी खेलाडीहरू या अन्य स्टाफको कोभिड परीक्षण पोजेटिभ देखिए के होला भन्ने कुराहरू सामेल थिए। 

प्रत्येक राष्ट्रको ओलम्पिक समितिले राष्ट्रिय खोप दिशानिर्देश अनुरूप नियम पालन गर्नुपर्ने भनिएको छ। साथै, १४ दिने क्वारेन्टाइन सुविधा दिनुको सट्टा जापान पुग्नेहरूले भ्रमण गर्ने स्थान, बस्ने ठाउँ र यातायातसम्बन्धी विवरण ‘गतिविधि योजना’ अनुरूप अग्रिम बुझाउनु पर्ने नियम लगाइएको छ। 

खेलहरू कसरी र कुन आधारमा संचालन गरिनेछ भन्ने शर्तबारे प्लेबुकमा प्रष्ट उल्लेख छ। यो कागजात टोकियो आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रिय प्यारा ओलम्पिक समितिको संयुक्त प्रयासद्वारा तयार गरिएको हो। आयोजक समितिले आउदो अप्रिलमा नयाँ परीक्षण प्रविधिहरू अपनाउँदै अध्यावधिमार्फत खेललाई संचालन गर्न र अझै विशिष्ट निर्णयहरू लिनेछ। 

सहभागी टोलीलाई दर्शकको रूपमा खेल कार्यक्रमहरूमा सामेल हुन र सार्वजनिक यातायातको प्रयोग नगर्न सुझाइएको छ। उनीहरूले एक सम्पर्क ट्रेसिङ एप डाउनलोड गर्नुपर्नेछ। उनीहरू जापना आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने छैन। उनीहरूलाई टोकियो होटेलमा छरिबरि राख्नुको साटो ओलम्पिक आवासमै राखिने निर्णय आयोजकहरूले गरिसकेका छन्।  

कसरी होला दर्शक व्यवस्थापन

खेलको भविष्यबारे अन्दाज हुँदाहुँदै आयोजकहरूले अगाडि बढ्ने कुरामा जोड दिएका छन्। उनीहरूले गत मार्चको खेल स्थगित गर्ने निर्णय पछि भाइरस फैलिएको कुरा राखे। साथसाथै विश्वभर अन्य खेलहरू सफलताका साथ पुन संचालन गरिएको उदाहरण उद्धृत गर्दै टोकियो आलम्पिक पनि सम्पन्न हुने विश्वास गरेका छन्। 

तर, प्लेबुकमा दर्शकहरू कसरी व्यवस्थित गर्ने भन्ने विशेष केही पनि उल्लेख छैन। आइओसी ओलम्पिक खेलका कार्यकारी निर्देशक क्रिस्टोफे दुबीले एक भिडियो सम्मेलनमा भने, ‘यस प्रश्नको निर्णय लिनको लागि कति संख्याका स्वेदेशी तथा विदेशी दर्शकहरू हुनुपर्छ भन्ने निर्णय लिन अझै केही हप्ता कुर्नुपर्नेछ।’

टोकियो २०२० समितिले संकेत गरे अनुसार टिकट प्रक्रियाको लागि यस वसन्तमा देश भित्रिने दर्शकहरूको सीमा तोक्न या दर्शकहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउनेबारे निर्णय लिन बाँकी छ। अस्ट्रेलियाली ओलम्पिक समितिले खेल जसरी पनि हुने मौखिक अभिव्यक्ति र विश्वास व्यक्त गरेको छ। उनीहरू खेल जसरी पनि अगाडि बढ्ने र टोलीहरूलाई सुरक्षित जापान ल्याइ प्रतिस्पर्धा सुनिश्चित गर्न सोचमा छन्। 

प्लेबुक निर्माण धेरै राम्रो सुरुआत हो भन्ने विचारका साथ एक प्रवक्ता स्ट्राथ गोर्डनले ईमेलमार्फत विज्ञप्ति जारीगरि भनेका छन्, ‘हामीलाई थाहा छ अझ धेरै उपायका विवरणहरू आउन बाँकी छ।’ महामारीको स्थितिमा परिवर्तन आउने बित्तिकै प्लेबुक अद्यावधिक हुनेछ। आउदो २३ जुलाईमा खेल सुरु गर्ने योजना छ। यो मिति पहिले आधिकारिकता पाएको ठ्याक्कै एक वर्षको अन्तराल हो। ‘टोकियो हामीले देखेको मध्येको सबभन्दा राम्रो तयार शहर हो,’  दुबीले भने।

(ब्लुमबर्ग डटकमबाट)
 

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्