Kathmandu Press

आज पनि १० अर्बभन्दा बढीको कारोबार, माइक्रोफाइनान्स, हाइड्रो, व्यापार उपसूचकमा करेक्सन

काठमाडौं, माघ २६ : साताको दोस्रो कारोबार दिन पनि नेप्समा १० अर्बमाथिको कारोबार भएको छ । आज २०६ कम्पनीका २ करोड १ लाख १ हजार...
आज पनि १० अर्बभन्दा बढीको कारोबार, माइक्रोफाइनान्स, हाइड्रो, व्यापार उपसूचकमा करेक्सन

काठमाडौं, माघ २६ : साताको दोस्रो कारोबार दिन पनि नेप्समा १० अर्बमाथिको कारोबार भएको छ । आज २०६ कम्पनीका २ करोड १ लाख १ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

नेप्से परिसूचक भने ३७.४८ अंकले बढेर २ हजार ५६१.४७ अंकमा बन्द भएको छ । यो बिन्दु अहिलेसम्मकै उच्च हो । आज व्यापार, हाइड्रोपावर,  निर्जीवन बिमा र माइक्रोफाइनान्स उपसूचकमा करेक्सन आएको छ । बैंक, होटल, फाइनान्स, जीवन बिमा र अन्य सूचक उकालो लागेको छ ।

आज ग्रामीण विकास लघुवित्त र प्रभु बैंकको सेयर ९  प्रतिशतभन्दा बढीले उकालो लागेको छ । हिमालय ऊर्जा विकास, उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्तलगायत कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्