Kathmandu Press

धरहराको २१ औँ तलाको ढलान सम्पन्‍न

काठमाडौं, माघ २६ : १२ वैशाख ०७२ को भूकम्पबाट ढलेको धरहराको पुनर्निर्माण तीव्र गतिमा छ। राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहराको २१औँ तलाको ढलान सम्पन्‍न भएको छ।

सरकारले २२ तलाको धरहरा निर्माण गरिरहेको छ। अब एक तलाको मात्र ढलान बाँकी छ। ‘धरहराको २१ औँ तलाको ढलान सम्पन्‍न भएको छ। अब एक तलाको ढलान बाँकी। धरहराको शीर्षमा गजुर रहनेछ,’ ज्ञवालीले आफ्नो फेसबुक पृष्‍ठमा लेखेका छन्।

१५ कात्तिक ०७५ देखि धरहरा निर्माण सुरु भएको थियो। पहिलेको भन्दा करिब १० मिटर पूर्वतर्फ नयाँ धरहरा निर्माणाधीन छ। जीआईईटीसी-रमन जेभीले यसको निर्माण गरिरहेको छ।

नयाँ धरहराको उचाइ करिब ७७ मिटर हुनेछ। यसको स्वरूप पहिलेजस्तै ढाँचाको हुनेछ तर मोटाइ केही बढी हुने प्राधिकरणले जनाएको छ।

करिब ४२ रोपनीमा निर्माणाधीन धरहराका लागि आसपासमा रहेका गोश्‍वारा हुलाक र राष्‍ट्रिय वाणिज्य बैंकको टक्सार भवन भत्काइएको छ। धरहरा आसपासमा संग्रहालय र बगैंचा निर्माण गर्ने योजना छ।
 
प्रकाशित मिति: १४:३० बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्